जेट एयरलाइन्स बन्द हुँदा सोल्टी होटलको कति डुब्यो ? विमानस्थलले समेत पैसा लिन बाँकी



काठमाडौं । भारतीय वायुसेवा कम्पनी जेट एयरवेयज आर्थिक संकटमा परेर बन्द हुँदा यसको असर नेपालमा पनि परेको छ ।

जेटले नेपालमा दैनिक पाँचवटा उडान गर्दै आएको थियो । जेटको उडान बन्द भएसँगै नयाँ दिल्ली तथा भारतका सहरहरु मुम्बई र कलकत्ता जाने जहाजको टिकट अत्याधिक महंगो भएको छ ।

जेट एयरवेयज बन्द भएपछि २२ हजार कर्मचारीको रोजगारी गयो । कर्मचारी तथा पाइलटले जेट एयरवेयजबाट तलब वापतको रकम लिन बाँकी छ ।

जेट बन्द भएसँगै भारतका ठूला पाँचतारे होटलहरुको समेत करौडौ रुपैयाँ फसेको छ । जेट एयवेयजलाई क्याटरिङ सेवा उपलब्ध गराउने कम्पनी तथा होटलहरुको पैसा फसेको छ । भारतका ठूला होटलहरु हिल्टन,ह्यात,ताज तथा म्यारियटको करोडौ रकम फसेको छ ।

दिल्ली जाने यात्रुलाई सहजता, निगमले उडान थप्यो

नेपालमा जेट एयरवेयजलाई क्याटरिङ सेवा पाँच तारे होटल सोल्टीले उपलब्ध गराउदै आएको थियो । स्रोतका अनुसार सोल्टी होटलले जेट एयरवेयजलाई क्याटरिङ सेवा उपलब्ध गराए वापतको रकम लिन बाँकी छ । जेटले सोल्टीलाई नियमित रुपमा पैसा दिन छाडेको लामो समय नै भइसकेको थियो ।

नयाँ दिल्ली जान हवाईजहाजको टिकट नै छैन, डेढ घण्टाको दुरी मलेसियाको बाटो हुँदै, मूल्य १ लाखसम्म

गतसातादेखि जेटले उडान बन्द गरेपछि सोल्टी होटलको पैसा उठ्न नउठ्ने टुंगो छैन । स्रोतले क्लिकमाण्डूलाई दिएको जानकारी अनुसार २ देखि ३ करोड रुपैयाँ सोल्टी होटलले जेटसँग लिन छ ।

यस्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालय समेत जेट एयरवेयजसँग पैसा लिन बाँकी रहेको छ । ५ करोडको हाराहारीमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जेटसँग पैसा लिन बाँकी रहेको छ ।


क्लिकमान्डु