सिटी एक्सप्रेस मनी ट्रान्सफरको शाखा यू.केमा



काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरको शाखा यू.केबाट सञ्चालनमा ल्याइएको छ । आइतबार यू.के को रेडीङमा मनी ट्रान्सफरको कार्यालय उद्घाटन भएको छ । यु.केका लागी नेपाली राजदूत डा.दुर्गा बहादुर सुवेदीले उक्त कार्यालयका उद्घाटन गरेका छन् ।

सिटी एक्सप्रेस यू.केले आफ्नो सेवा मोवाइल एप्लिकेशन र अनलाइन बाहेक यू.के भर आफ्ना प्रतिनिधि मार्फत दिने योजना ल्याएको छ । साथै छिट्टै नै यू.के बाट नेपालमा मात्रै सिमित नभई विश्वभर बिप्रेषण सेवा दिने योजना रहेको सिटी एक्सप्रेस यू.केका का प्रबन्ध निर्देशक करम बहादुर गुरुङले बताए । सिटी एक्सप्रेसले विगत १२ बर्षदेखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै नेपालको सात हजार भन्दा बढि एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको जनाएको छ ।


क्लिकमान्डु