एभरेष्ट बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, केमा कति ?



काठमाडौं । एभरेष्ट बैंकले नयाँ ब्याजदरको सूचना प्रकाशित गरेको छ ।

बैंकद्वारा आइतबार प्रकाशित सूचनामा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ९.२५ प्रतिशत र संस्थागत तर्फ ८.५० प्रतिशत ब्याज दिने उल्लेख छ ।

बैंकको मुद्दतितर्फ ५ प्रकारका खाता रहेका छन् । यस्तै बचत तर्फ बैंकले बढीमा ५ र न्यूनतम ३ प्रतिशत सम्म ब्याज दिने जनाएको छ ।

बैंकले २५ प्रकारका बचत तर्फका योजना ल्याएको छ । जसमा एभरेष्ट स्पेशल सेभिङ, हातेमालो सेभिङ, कर्पोरेबट स्यालरी, मात्रृभूमी लगायतका सेभिङमा ५ प्रतिशत र बाँकी रहेको सेभिङमा ३ देखि ४.७५ प्रतिशतसम्म ब्याज दिने बताइएको छ ।


पुष्प दुलाल