१० कित्ता आवेदन दिन पाइने गुराँस लघुवित्तको आइपिओ आउँदै
काठमाडौं । न्यूनतम १० कित्ता समेत आवेदन दिन पाइने व्यवस्था सहित गुराँस लघुवित्त वित्तीय संस्थाले साधारण सेयर बिक्री गर्ने भएको छ ।
सो संस्थाले आज एक सू्रचना प्रकाशित गरी यही वैशाख १६ गतेदेखि साधारण सेयर बिक्री हुने जनाएको हो ।
सो संस्थाले २ लाख ५० हजार कित्ता प्राथमिक शेयर निष्काशन गर्न लागेको आज प्रकाशित सूचनामा उल्लेख छ ।
संस्थाको शेयरमा न्यूनतम १० र अधिकतम ५०० कित्तासम्मका लागि आदन दिन सकिनेृ व्यवस्था गरिएको छ । सूचना अनुसार साधारण सेयरको आवेदन यही वैशाख २० गते बन्द हुनेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआइविएल एस क्यापिटल रहेको छ । संस्थाको शेयर निष्काशनसँगै संस्थाको चुक्ता पूँजी ७ करोड ७५ लाख रुपैयाँ पुग्ने जनाइएको छ ।
नेपाल राष्ट्र बैंकबाट ’घ’ वर्गको अनुमति प्राप्त संस्थाको १० वटा जिल्लामा कार्यक्षेत्र रहेको छ । २०७३ सालदेखि संचालन अनुमति प्राप्त संस्थाको प्रधान कार्यालय धनकुटामा रहेको छ ।