सुर्या लाइफको एक्चुरी भ्यालुएसन स्वीकृत, ९ कम्पनी पाइपलाइनमा कति आउला लाभांश ?



काठमाडौं । बीमा समितिको एक्चुरीले सुर्या लाइफको एक्चुरीलाई स्वीकृत गरेको छ ।

अहिले विभिन्न नौ वटा बीमा कम्पनीहरुले बीमा समितिमा अघिल्ला आर्थिक वर्षको वित्तीय विवरणको एक्चुरी भ्यालुएसन स्वीकृतका लागि पेश परेका छन् ।

समितिले सूर्य लाइफको एक्चुरी भ्यालुएसने रिपोर्ट बोर्डमा पठाएको छ भने अन्य आठ वटा कम्पनीको रिपोर्ट अध्ययनको क्रममा रहेको छ । बाँकी रहेका रिपोर्टको एक्चुरी भ्यालुएसका लागि भारतमा पठाउने तयारी गरेको छ ।

समितिको भारतमा रहेको एक्चुरीले ती कम्पनीको वित्तीय विवरणको एक्चुरी भ्यालुएसन स्वीकृत गरेपछि समितिले प्रकाशित गर्न अनुमति दिने छ । समितिमा सूर्य लाइफका साथै लाइफ इन्स्योरेन्स कर्पोरेशन, प्राइम लाइफ, मेट लाइफ, प्रभु लाइफ, सिटिजन्स लाइफ, आईएमई लाइफ, ज्योति लाइफ र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।

वित्तीय विवरणलाई कम्पनी र बीमा समिति दुबैले आ–आफ्नो एक्चुरीसँग भ्यालुएसन गराउँछन् । सम्बन्धित इन्स्योरेन्स कम्पनीकोे एक्चुरीले पठाएको भ्यालुएसन बीमा समितिमा बुझाएपछि कम्पनीले बुझाएको एक्चुरी भ्यालुएसनलाई बीमा समितिले आफ्नो एक्चुरीबाट पुन मूल्यांकन गराउने गर्दछ ।

बीमा कम्पनीहरुमा पनि एनएफआरएस प्रणाली लागू गरेपछि अहिलेसम्म कुनैपनि बीमा कम्पनीले साधारणसभा गर्न सकेका छैनन् ।

तर, यो वर्ष सबैभन्दा पहिलो एक्चुरी भ्यालुएसनको स्वीकृति नेपाल लाइफले गराइसकेको छ । दोस्रो भने सूर्य लाइने हुने देखिएको छ । एक्चुरी भ्यालुएसनका आधारमा कम्पनीहरुले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्छन् ।

एक्चुरी भ्यालुएसन स्वीकृत भएपछि बीमा समितिबाट ब्यालेन्सिट स्वीकृत भएपछि कम्पनीहरुको सञ्चालक समितिले सेयरधनीहरुलाई दिने लाभांश घोषणा गर्दछन् । बीमा समितिको नियम अनुसार वार्षिक वित्तीय विवरण स्वीकृत नगराई लाभांश घोषणा गर्न पाइँदैन ।

बीमा समितिले वित्तीय विवरणलाई स्वीकृत बीमा कम्पनीको संचालक समितिले लाभांश घोषणा गर्छ ।


क्लिकमान्डु