झन्झटिलो प्रक्रियाका कारण सबै नेपालीको बैंक खाता खोल्न कठिन
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमा सबै नेपालीको बैंक खाता खोल्ने अभियान चलाउने कार्यक्रमलाई प्रमुख प्राथमिकतामा राखेको छ ।
तर सरकारले आफ्नै कार्यक्रममा समावेश गरेको सबै नेपालीलाई बैंक खाता खोलन लगाउने योजना प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन ।
झन्झटिलो प्रक्रिया तथा बैंक तथा वित्तीय संस्थाका अनावश्यक शर्तका कारण पनि सबै नेपालीको बैंक खाता खोल्ने अभियान प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन ।
सबै नेपालीलाई वित्तीय रुपमा सचेत र सबल बनाउने लक्ष्य राखेर सबै नेपालीको खाता अभियानलाई चालु आवको बजेट वक्तव्यमा समावेश गरिएको हो ।
तर नेपाल राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थालाई सो अभियानमा सहभागी गराउने गरी कुने पनि कार्यक्रम अगाडि सार्न सकेको छैन ।
सरकारले बुधबार मात्रै सबै नेपालीलाई बैंक खाता अभियानमा सहभागी गराउने लक्ष्इका साथ १०० रुपैयाँ बराबरको योगदान गर्ने बताएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको तर्फबाट खाता खोल्नका लागि सघाउने लक्ष्यका साथ १०० रुपैयाँ बराबरको योगदान गर्ने बताएका छन् ।
सरल र सहज रुपमा बैंक खाता बनाउन दिने तर्फ बैंक तथा वित्तीय संसथा नलाग्दा र सरकारको तर्फबाट प्रभावकारी रुपमा अभियान सफल बनाउने योजना अगाडि नसर्दा सबै नेपालीको बैंक खाता खोल्ने अभियानले सार्थकता पाउन नसक्ने देखिएको छ ।
राष्ट्र बैंकले सामान्य रुपमा मात्रै बैंक तथा वित्तीय संस्थालाई खाता खोल्ने काममा नागरिकलाई सहजीकरण गरिदिन आग्रह गरेको छ । आग्रह गरेको भरमा मात्रै कोही कसैले पनि काम गर्ने अवस्था छैन ।
यस्तै बैंकमा खाता खोल्नका लागि झन्झटिलो अर्को प्रक्रिया हो व्यक्तिगत विवरण, अर्थात केवाइसी । सामान्य नागरिकलाई पनि केवाइसी भर भन्दै अनिवार्य गरिएका कारण पनि नागरिक बैंक खाता खोल्न अनिच्छुक देखिएको सरकारको बुझाई छ ।
१० लाख रुपैयाँ भन्दा कम कारोवार गर्ने नागरिकलाई केवाइसी अनिवार्य नगर्ने व्यवस्थामा समेत थप लचिलो हुनुपर्ने आवश्यकता छ ।
सामानय रोजगारी तथा मजदूरी गर्नेले आर्थिक अपराध नै गरिहाल्छन् भन्ने मान्यता पनि राख्नु हुँदैन । कूल ७५३ स्थानीय तह मध्ये अझै ४० स्थानीय बैंक तथा वित्तीय संस्थाका शाखा खुल्न सकेका छैनन् ।
नागरिकलाई बैंक नै सजिलो र सहयोगी निकाय हो भन्ने बुझाउन समेत सरकारले सरको छैन । बैंकिङ चेतनाका लागि काम गर्ने संस्था राष्ट्र बैंक भएपनि उसले कुनै काम गर्न सकेको देखिदैन ।
सामान्य कागजी प्रक्रिया मिलाएर सबै नेपालीलाई बैंक खाता खोल्न आऊ भनेर अभिप्रेरित गर्ने हो भने मात्रै सरकारको योजना सफल हुने देखिन्छ । अन्यथा आग्रह गरेको भरमा र कार्यक्रममा राखेको भरमा मात्रै कोही पनि सरकारको कार्यक्रम सफल बनाउन भन्दै बैंक खाता खोल्न आउने पक्षमा देखिदैनन् ।
किनकी खाता खोल्न जाँदा पाउने र भोग्नुपर्ने झन्झटले सहजै खाता खुलीहाल्छ भन्ने अवस्था छैन । त्यसका लागि संघीय सरकार, प्रूदेश सरकार र स्थानीय निकाय तथा नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाले अभियान नै चलाएर नागरिकलाई आर्कषित गर्नु आवश्यक छ ।