बैंकहरुलाई कर्जा र निक्षेपबीचको ग्याप टाल्नै सकस, अझै ६१ अर्बको ग्याप, कुन महिना कति ?



काठामडौं । यो आर्थिक वर्ष बैंकहरुका लागि सुखद रहेन । आर्थिक वर्षको शुरुवातदेखि नै बैंकहरु थप ऋणयोग्य पुँजी (तरलता) को चरम मारमा परे । जरकारण निक्षेप आकर्षित गर्न बैंकहरु ब्याजदर बढाउने प्रतिस्पर्धा गर्न बाध्य भए ।

आर्थिक वर्षको पहिलो महिना बैंकहरुको निक्षेप संकलन १५ अर्ब रुपैयाँले घट्यो । २०७५ असार मसान्तको तुलनामा ०७५ साउनमा बैंकहरुको निक्षेप १५ अर्ब रुपैयाँले घटेर २४ खर्ब ५५ अर्ब रुपैयाँमा झर्यो ।

तर, उक्त महिना कर्जा भने ४ अर्ब रुपैयाँले बढेर २१ खर्ब १५ अर्ब रुपैयाँ पुग्यो ।

बैंकहरुले कर्जा विस्तार गर्न नसक्दा र विस्तार गरेको कर्जाको ब्याजदर पनि महंगो हुने हुँदा त्यसले आर्थिक वृद्धिदर र मूल्य वृद्धिदरमा समेत असर पार्ने देखिएको छ ।

भदौ महिनामा भने बैंकहरुको निक्षेप ४७ अर्ब रुपैयाँले बढेर कूल निक्षेप २५ खर्ब २ अर्ब रुपैयाँ पुग्यो । तर, यो महिना ५९ अर्ब रुपैयाँले बढेर कूल कर्जा २१ खर्ब ७४ अर्ब रुपैयाँ पुग्यो ।

त्यसैगरी, असोज महिनामा निक्षेप २१ अर्ब रुपैयाँले बढेर २५ खर्ब २३ अर्ब रुपैयाँ पुग्यो भने कर्जा ७२ अर्ब रुपैयाँले बढेर २२ खर्ब ४६ अर्ब रुपैयाँ पुग्यो ।

त्यस्तै, कात्तिक महिनामा ४३ अर्ब रुपैयाँले बढेर कूल निक्षेप २५ खर्ब ६६ अर्ब रुपैयाँ पुग्यो भने कर्जा ३७ अर्ब रुपैयाँले बढेर कूल कर्जा २२ खर्ब ८३ अर्ब रुपैयाँ पुग्यो ।

त्यसैगरी, मंसिर महिनामा ५४ अर्ब रुपैयाँले बढेर कूल निक्षेप २६ खर्ब २० अर्ब रुपैयाँ पुग्यो भने ३१ अर्ब रुपैयाँले बढेर कूल कर्जा २३ खर्ब १४ अर्ब रुपैयाँ पुग्यो ।

पुस महिनमा निक्षेप र कर्जा बराबरी बढ्यो । ३० अर्बले बढेर कूल निक्षेप २६ खर्ब ५० अर्ब रुपैयाँ पुग्यो भने ३० अर्ब रुपैयाँले नै बढेर कूल कर्जा २३ खर्ब ४४ अर्ब रुपैयाँ पुग्यो ।

साढे ८ महिनाको अवधिमा निक्षेप र कर्जाबीच ६१ अर्ब रुपैयाँको ग्याप हुँदा बैंकहरु अझैपनि थप ऋण योग्य पुँजीको अभाव झेलिरहेका छन् ।

माघ महिनामा निक्षेपको तुलनामा कर्जा दोब्बरले बढ्यो । माघमा २१ अर्ब रुपैयाँले बढेर कूल निक्षेप २६ खर्ब ७१ अर्ब रुपैयाँ पुग्यो भने ४५ अर्ब रुपैयाँले बढेर कूल कर्जा २३ खर्ब ८९ अर्ब रुपैयाँ पुग्यो ।

फागुनमा पनि निक्षेपभन्दा कर्जा दोब्बरले बढ्यो । फागुन महिनामा ४ अर्ब रुपैयाँले बढेर कूल निक्षेप २६ खर्ब ७५ अर्ब रुपैयाँ पुग्यो भने ९ अर्ब रुपैयाँले बढेर कूल कर्जा २३ खर्ब ९९ अर्ब रुपैयाँ पुग्यो ।

चैत १५ गतेसम्ममा ११ अर्ब रुपैयाँले बढेर कूल निक्षेप २६ खर्ब ८६ अर्ब रुपैयाँ पुग्यो भने ८ अर्ब रुपैयाँले बढेर कूल कर्जा २४ खर्ब ७ अर्ब रुपैयाँ पुग्यो ।

आर्थिक वर्षको शुरुदेखि चैत १५ गतेसम्ममा बैंकहरुले कूल २ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप बढाएका छन् भने कूल कर्जा २ खर्ब ९२ अर्ब रुपैयाँले बढाएका छन् । यो बीचमा बैंकहरुले निक्षेप संकलनभन्दा ६१ अर्ब रुपैयाँ बढी कर्जा दिएका छन् ।

साढे ८ महिनाको अवधिमा निक्षेप र कर्जाबीच ६१ अर्ब रुपैयाँको ग्याप हुँदा बैंकहरु अझैपनि थप ऋण योग्य पुँजीको अभाव झेलिरहेका छन् ।

सरकारले विकास खर्च बढाउन नसक्दा त्यसको प्रत्यक्ष असर बैंकिङ क्षेत्रमा देखिएको हो ।

बैंकहरुले कर्जा विस्तार गर्न नसक्दा र विस्तार गरेको कर्जाको ब्याजदर पनि महंगो हुने हुँदा त्यसले आर्थिक वृद्धिदर र मूल्य वृद्धिदरमा समेत असर पार्ने देखिएको छ ।


पुष्प दुलाल