सिटिजन लाइफले दियो घातक रोगको उपचारका लागि ५ लाख




काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले घातक रोग दाबी भुक्तानी वापत ५ लाख रुपैयाँ बराबरको रकम भुक्तानी गरेको छ । कम्पनीले हृदयघात भएको कारण बुटवलका हरि सिंह ठकुरीलाई उपचार खर्चको लागि उक्त्त रकम एकमुष्ठ भुक्तानी गरेको हो ।

कम्पनीले उपचारको लागि काठमाडौंमा रहेका ठकुरीलाई उपचार खर्च स्वरुप ५ लाख बराबरको घातक रोग दाबी भुक्तानीको चेक हस्तान्तरण गरेको हो ।

सिटिजन लाइफको तर्फबाट कम्पनीका सीओओ दशरथमणि खड्काले हरि सिंह ठकुरीलाई सो चेक प्रदान गरेका हुन । हृदयघात भएका ठकुरीलाई उनले प्रस्तुत गरेको मेडिकल रिपोर्टको आधारमा बिना कुनै झन्झट तथा बिना कुनै बिल सहज, सरल एवं छिटो दाबी गरिएको थियो ।


क्लिकमान्डु