एशियन लाईफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच जीवन बीमा सम्बन्धी सम्झौता



काठमाडौ । जीवन बीमालाई सर्वसाधारणको पहुँचसम्म सजिलै पु¥याउने उद्देश्यले एशियन लाईफ ईन्स्योरेन्स कम्पनी र माछापुच्छ्रे बैंकबीच “जीवन बीमा सेवा“ सम्बन्धी सम्झौता भएको छ ।

उक्त संझौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र माछापुच्छ्रे बैंक लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक नारायण प्रकाश भुजुले हस्ताक्षर गरेका छन । अब माछापुच्छे« बैंकको ९७ वटा शाखाहरुबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएको सावधिक र म्यादी जीवन बीमा योजना गरी २० वटा जीवन बीमा योजनाहरु खरिद गर्न सकिनेछ ।

एशियन लाईफ इन्स्योरेन्स कम्पनीले देशैभर रहेका आफ्नो ११४ वटा कार्यालयहरुबाट जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु