सर्बोच्च शिखर सगरमाथाको नाममा अमेरिकाको न्यूयोर्कका सडक !
बाल्टिमोर । अमेरिकाको व्यस्त शहर न्यूयोर्कको एउटा स्थानीय सडकको नाम नेपालमा रहेको सर्वोच्च शिखर सगरमाथाको नामबाट राखिएको छ ।
न्युयोर्कको क्विन्समा रहेको सेभेन्टी फाईभ स्ट्रिटलाई सगरमाथा अर्थात् ‘माउन्ट एभरेष्ट वे’को नाममा नामाकरण गरिएको हो ।
न्यूर्योकमा रहेको नेपाली समुदायको पहलमानेपाली समुदाय र सर्वोच्च शिखर सगरमाथाको सम्मानको लागिभन्दै न्यूर्योकको स्थानीय निकायले स्थानीय ७५ स्ट्रिटको नाम ‘माउन्ट एभरेष्ट वे’ राखेको जनाईएको छ ।
न्यूयोर्कको क्विन्सस्थितसो ७५ स्ट्रिटको बाटोलाई आईतबारदेखि औपचारिक रुपमा ‘माउन्ट एभरेष्ट वे’ नामबाट नामाकरण गरिने न्यूर्योकस्थित नेपाली महावाणिज्यदुतावासले जनाएको छ ।
स्थानीय समयअनुसार आईतबार विभिन्न कार्याक्रमको साथ औपचारिक रुपमाउक्त सडकको नामाकरण गरिने छ । नेपाली महाबाणिज्यदुताबास र न्युयोर्क सिटिले संयुक्तरुपमा आयोजना गर्ने नामाकरण कार्यक्रममा नेपाली भेषभुसाको साथमा विभिन्न झाँकीहरु समेत प्रदर्शन गरिने जनाईएको छ ।
‘नेपाली समुदायको ठूलो प्रयासपछि यो सडकको नाम नेपालीको गर्वको विषयमा राख्न सफल भएकाछौं,’ महावाणिज्यदुत पुष्पराज भट्टराईले क्लिकमाण्डूसँग भने ‘यसले सर्वोच्च शिखरको प्रचार प्रसारको साथै नेपाली समुदायको सम्मान न्यूर्योकमा मिलेको अनुभुति भएको छ ।’
न्युयोर्क सिटीले माउन्ट एभरेष्ट वेको नाममानामाकरण गर्न अनुमति दिएसँगै औपचारिक कार्याक्रम गरि नेपालीकला संस्कृतको बारेमा पनि जानकारी दिन लागिएको उनले बताए ।
आईतबारको कार्यक्रममा नेपाली सडक फेष्टिबल, नेपाली झाँकी तथा साँस्कृतिक कार्यक्रम गरिने जनाईएको छ । सांस्कृतिक कार्यक्रममा लोक गायक बिमल डाँगीलगायतको प्रस्तुती रहने छ भने औपचारिक कार्यक्र मन्युयोर्क सिटी काउन्सिलमा गरिने छ ।