सबै स्थानीय जनप्रतिनिधिलाई बीमा गर्न मेयर चिरीबाबुको सुझाव



ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरी बाबु महर्जनले सबै स्थानीय तहका जनप्रतिनिधिले स्वास्थ्य बीमा गर्नुपर्ने बताएका छन् ।

महानगरपालिकाको २९ नम्बर वडाका वडा अध्यक्ष गणेश कुमार महर्जनलाई बीमा बापतको १० लाख रुपैयाँको चेक हस्तान्तरण गर्दै यस्तो बताएका हुन ।

आफ्नो महानागरमा रहेका सबै जनप्रतिनिधिको शिखर इन्स्योरेन्समा स्वास्थ्य बीमा गरेको उनले जानकारी गराए । यो सबै स्थानीय तहका जनप्रतिनिधिले बीमा अनिवार्य गर्नुपर्ने र त्यसले कुनै पनि भबितब्य परेमा आर्थिक सहयोग हुने धारणा राखे ।

देशका ७५३ स्थानीय तहमध्ये पहिलो पटक आफ्नो महानगरले स्वास्थ्य बीमा योजना ल्याएको समेत दाबी गरे ।

बीमा बापतको भुक्तानी लिँदै आफुलाई बोन म्यारो भएपछि एक वर्षअघि भारतको दिल्लीस्थित फोर्टिक्स अस्पतालमा उपचार गराइरहेको वडा अध्यक्ष महर्जनले बताए । उपचारको क्रममा १६ लाख रुपैयाँ खर्च भएको जानकारी गराए ।

उपचारपछि भारतबाट फर्केर बीमा दाबी गरेको र दाबी गरेको दुई महिना भित्रै १० दाबी भुक्तानी लिएको बताए । यसले आफ्नो उपचारमा थप सहज भएको उनको भनाई छ । १० लाखको बीमा गरेकोमा १० लाख कै बीमा दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अझै २३, १५ र ५ नम्बर वडाबाट पनि बीमा दाबी आएको छ ।


पुष्प दुलाल