इसिटिएसको विरोधमा कलकत्तामा भारतीय व्यवसायी र भन्सार एजेन्टले गरेको बन्द फिर्ता



काठमाडौं । विद्युतुतिय कार्गो ट्राकिङ(इसिटिएस)को विरोधमा कलकत्तामा ढुवानी व्यवसायी र क्लियरिङ एजेन्टले गरेको हड्ताल फिर्ता भएको छ ।

कलकत्ता बन्दरगाह हुँदै नेपालमा रेलमार्गमा आउने कार्गोमा इसिटिएस प्रणाली फागुनदेखि लागु हुने तयारी भएको छ । यसको विरोधमा कलकत्तामा ढुवानी व्यवसायी र भन्सार एजेन्टले गत मंगलबारदेखि नेपाल तर्फ आउने कार्गोलाई रोकेर राखेका थिए ।
इसिटिएस लागु भएपछि कलकत्ताबाट कन्टेनर ल्याउन लाग्ने लागत ४० हजार रुपैयाँसम्म घट्ने थियो ।

मंगलबारदेखि भएको हड्ताल ढुवानी व्यवसायी र भन्सार एजेन्टले रद्द गर्ने निर्णय गरेको उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य भरत आचार्यले जानकारी दिए ।

‘१५ फ्रेबुअरीसम्मको समय अवधी दिएर हड्ताल रोक्ने निर्णय गरेका छन्,’उनले भने ।

भन्सारका क्लियरिङ एजेन्ट, ट्रक र ट्रेलरका सञ्चालक र ढुवानी व्यवसायीले ढुवानी वा सामान क्लियरिङ नगर्ने र कसैले गरेमा कडा कारवाही गर्ने जनाएका थिए ।

इसिटिएस प्रणाली कार्यान्वयनमा आएपछि कलकत्ता बन्दरगाहमा आइपुगेको कार्गो सातदिनभित्रमा विरगन्ज आइपुग्ने बताइएको छ । यसले कलकत्ताका ढुवानी व्यवसायीको व्यवसायलाई प्रभाव पार्ने छ । जसले गर्दा उनीहरु यसको विरोधमा उत्रेका हुन् । पुनः यसमा समस्या आउन नदिनको लागि कुटनीतिक माध्यमबाट पहल गर्नुपर्ने व्यवसायीहरु बताउँछन् ।

चारदेखि देखि सामान क्लियरिङ नहुँदा १२ सयवटा नेपाली कन्टेनर कलकत्ता बन्दरगाहमा रहेका छन् ।


क्लिकमान्डु