खाद्य संस्थान र नेशनल ट्रेडिङ मर्जर गर्न सरकारको सैद्दान्तिक स्वीकृति



काठमाडौं । सरकारले नेपाल खाद्य संस्थान र नेशन टे«डिङलाई मर्जर गर्न सरकारले सैद्दान्तिक स्वीकृति दिएको छ ।

मन्त्रीपरिषद्को माघ ४ को बैठकले दुई संस्थानलाई मर्ज गर्नको लागि सैद्दान्तिक स्वीकृत दिने निर्णय गरेको हो ।

मन्त्रीपरिषद्को बैठकको बारेमा जानकारी दिन आयोजना भएको नियमित पत्रकार सम्मेलनमा सूचना तथा संचारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले दुई संस्थानलाई मर्जरमा लैजान सैद्दान्तिक स्वीकृति दिने र उपयुक्त नाम छनोट गर्ने जिम्मा सम्बन्धित मन्त्रालयलाई दिने भएको हो ।


क्लिकमान्डु