गोरखकाली रबर उद्योगका सबै कर्मचारीलाई अनिवार्य अवकाश दिने मन्त्रिपरिषदको निर्णय



काठमाडौं । सरकारले गोरखकाली रबर उद्योगका सबै कर्मचारीलाई अनिवार्य अवकाश दिने निर्णय गरेको छ ।

लामो समयदेखि बन्द अवस्थामा रहेको सो उद्योगका कर्मचारीलाई अनिवार्य अवकाशको दिने निर्णय गरिउको र उनीहरुको बैकल्पिक व्यवस्था गरिने सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए ।

‘बन्द अवस्थामा हरेको सबै कर्मचारीलाई अनिवार्य अवकाश दिने निर्णय भएको छ, कर्मचारीहरुले उद्योगलाई बुझाउनुपर्ने बाँकी बक्यौता बुझाएर कर्मचारीहरुले अनिवार्य अवकाश लिँदा पाउने सेवा सुविधा पाउने छन्,’ मन्त्री वास्कोटाले भने ।


पुष्प दुलाल