५० हजार घुससहित मातपोतमा कार्यरत खरिदार रंगेहात पक्राउ

476
Shares


काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, नेपालगंज बाँकेमा कार्यरत खरिदार संजय कुमार ठाकुरलाई घुस रकम सहित रंगेहात पक्राउ गरेको छ ।

जग्गा रजिष्ट्रेसन पास पारित तथा बढी राजश्व लाग्ने भनि प्रलोभन देखाई कर राजश्व समेत मिलाईदिने प्रयोजनको लागि बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगंजबाट खटिई गएको टोलीले उनलाइ सेवाग्राहीसँग पचास हजार घुसबापतको रकम लिइसकेको अवस्थामा उनकैै कार्यकक्षबाट रंगेहात पक्राउ गरेको हो ।

उनलाई नियन्त्रणमा लिइ अहिले अनुसन्धान भइरहेको छ  सह-सचिव एवं प्रवक्ता रामेश्वर दंगालले जानकारी दिएका छन ।