चीन–अमेरिका व्यापार वार्ता सकारात्मक दिशामा तर ‘व्रेकथ्रु’ भएको छैन



वासिङटन । ह्वाइट हाउसका आर्थिक सल्लाहाकार ल्यारी कुड्लोले चीन–अमेरिकाबीच रहेको व्यापार विवाद वार्ताबाट सकारात्मक दिशामा गएको तर समस्याको ‘व्रेकथु्र’ नै भैनसकेको बताएका छन ।

हामीले बेइजिङमा भएको उप–मन्त्रीस्तरीय वार्ताबाट चीन विवादमा केही प्रगति गरेका छौँ, राष्ट्रपतिका आर्थिक सल्लाहाकार तथा राष्ट्रिय आर्थिक परिषद्का निर्देशक कुड्लाले अमेरिकी टेलिभिजन फक्स विजिनेसलाई बताएको उक्त सञ्चारमाध्यमले जनाएको छ ।

तर उनले भने, “केही पनि समाधान भएको छैन, कागजमा केही सम्झौता भएको छैन ।”

“सहमतिबारे आएका हालैका समाचारहरू सही होइनन,” उनले थपे ।

बेइजिङले विगत पाँच बर्षदेखि अमेरिकासँग देखिएको व्यापार नाफालाई घटाउन सहमत बनेको र यसका कारण विश्व शेयर बजारमा समारात्मक सन्देश गएको भन्ने ब्लुमवर्गको समाचारलाई खण्डन गर्नेगरी आएको हो ।

अमेरिकाले व्यापार विवाद सुल्झाउन यसै महिना आफ्नो प्रतिनिधिमण्डललाई बेइजिङ पठाएको थियो ।


पुष्प दुलाल