जागिरका लागि नाम निकालेका ११९ जनालाई राष्ट्र बैंकले माघ १४ भित्र नियुक्ति पत्र लिन बोलायो
काठमाडौं । नेपाल राष्ट्र बैंकमा जागिरका लागि नाम निकालेका ११९ जनालाई राष्ट्र बैंकले माघ १४ गतेभित्र नियुक्तिपत्र बुझ्न राष्ट्र बैंकले बोलाएको छ ।
बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयमा रहेको जनशक्ति व्यवस्थापन विभागमा सम्पर्क गरेर नियुक्तिपत्र लिन सकिने छ ।
राष्ट्र बैंकले प्रशासनतर्फको सहायक द्धितिय पदका लागि २०७४ सालमा खुलाएको विज्ञापनमा आवेदन दिई लोकसेवा आयोगले लिएको लिखित र राष्ट्र बैंकले परीक्षा पास गरेका उम्मेद्वारहरुको अन्तिम नतिजा प्रकाशित गर्दै राष्ट्र बैंकले यस्तो सूचना जारी गरेको हो ।
जागिरमा नाम निकाल्नेहरुको सूचि हेर्न यहाँ क्लिक गर्नुहोस्