नेपाल बङ्गलादेश बैंक र प्रभु मनि ट्रान्सफरबीच सम्झौता
काठमाडौ । नेपाल बंगलादेश बैंक लिमिटेड र प्रभु मनि ट्रान्सफरबीच विप्रेषण सेवा सम्झौतामा हस्तक्षर भएको छ, ।
सम्झौतापछि अब प्रभु मनि ट्रान्सफर मार्फत नेपालीले विदेशबाट पठाएको रकम नेपाल बंगलादेश बैंकको आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै प्रभु मनि ट्रान्सफर मार्फत आन्तरिक विप्रेषण कार्य गर्नका सकिने भएको छ । नेपाल बंगलादेश बैंकको मुलुकभर ८१ वटा शाखाहरु रहेका छन् । प्रभु मनि ट्रान्सफरको नेपालमा ७५ वटै जिल्लामा ८००० वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् ।
उक्त सम्झौतामा नेपाल बंगलादेश बैंकका तर्फबाट प्रमुख व्ययसाय अधिकृत सलोनिका सिंह र प्रभु मनि ट्रान्सफरको तर्फबाट नायव महाप्रबन्धक रामेश्वर सापकोटाले सम्झौता पत्रमा हस्तक्षर गरेका छन ।