राष्ट्रिय वाणिज्य बैंकको थप दुई शाखाको कारोबार शुभारम्भ
काठमाडौ । राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तारको क्रममा कैलाली र कास्कीमा थप दुईवटा नयाँ शाखा खोली कारोबार शुभारम्भ गरेको छ ।
कैलाली जिल्लाको धनगढी उप महानगरपालिकापालिका स्थित क्याम्पसचोक र कास्की जिल्लाको पोखरा महानगरपालिकापालिका स्थित लेकसाईड शाखाको कारोबार शुभारम्भ गरिएको हो ।
यसपछी बैंकको शाखा कार्यालयहरुको संख्या २१२ पुगेको छ । हाल बैंकको ७४ जिल्लामा २१२ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।