एन आई सी एशिया बैंकले गर्यो ५ लाखको बिमा दाबी भुक्तानी



काठमाडौ । एन आई सी एशिया बैंकले दुर्घटनामा परि असामयिक निधनका राज कृष्ण श्रेष्ठका हकवाला निजको छोरा रजत कृष्ण श्रेष्ठलाई एक कार्यक्रमका बिच क्षतिपुर्र्ति बापतका ५ लाखको चेक हस्तानतरण गरेको छ ।

बैंकले अत्यन्तै लोकप्रिय रहेकोे बचत निक्षेप योजना “प्रिमियम समुन्नती बचत खाता” अन्तर्गत उक्त रकम हस्तान्तरण गरिएको हो । उक्त चेक बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीले बैंकको केन्द्रिय कार्यालयमा हस्तानतरण गरेका हुन । उक्त कार्यक्रममा राठीले बैंकको निक्षेप योजनाको क्षतिपुर्ति रकम खातावालको परिवारको चोटमा सानो भएपनि मलम लगाउन पाएकोमा खुशी भएको बताएका छन ।

बैंकले हाल मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।


पुष्प दुलाल