घातक रोग सम्बन्धी बीमा सुविधा योजना सार्वजनिक



काठमाडौ । युनियन लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना ग्राहकहरुका लागि १८ प्रकारका घातक रोगको उपचारार्थ घातक रोग सम्बन्धि वीमा योजना सार्वजनिक गरेको छ ।

आर्थिक सुरक्षा दिने उद्देश्यले कम्पनीमा प्रचलनमा ल्याईएको बालबच्चा जीवन बीमा बाहेक अन्य जीवन बीमा योजनाहरुमा उक्त घातक रोगहरु समावेश गरी थप सुविधा प्रचलनमा ल्याएको हो । यस्तो सुविधा १६ वर्षको उमेर देखि नै लिन सकिने कम्पनीले जनाएको छ । यो योजनाको विशेषता भनेको न्युन बीमा शुल्कमा बीमितको भविष्य सुरक्षित गर्नु रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले बताए । यो सेवा कम्पनीको सम्पूर्ण शाखाहरुका साथै यस कम्पनीसँग बैंकास्युरेन्स सेवा लिएका बैंकहरुबाट समेत लिन सकिने समेत उनले जानकारी दिएका छन ।
हालसम्म कम्पनीले १० प्रकारको बीमालेख संचालनमा ल्याएको समेत कम्पनीले जनाएको छ ।


पुष्प दुलाल