नेपाल बैंकको अध्यक्षमा बासुदेव अधिकारी



काठमाडौं । नेपाल बैंकको अध्यक्षमा बासुदेव अधिकारी नियुक्त भएका छन् ।

राष्ट्र बैंकबाट कार्यकारी निर्देशकबाट अवकाश पाएका अधिकारीलाई अर्थमन्त्रालयको तर्फबाट बैंकमा संचालक समिति सदस्य नियुक्त भएका थिए ।

संचालक समितिको बैठकले अधिकारीलाई अध्यक्षमा चयन गरेको हो । पुस २५ मा बसेको संचालक समितिको बैठकले सर्वसम्मत रुपमा अधिकारीलाई अध्यक्षमा चयन गरेको हो ।


क्लिकमान्डु