गलत तथ्यांकमा प्रधानमन्त्रीको अडान, सुँगाले जस्तो होइन तथ्यमा बोलेको छु
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधनका क्रममा दिएको तथ्यांक वास्तविक भएको र सुगाले बोल्ने जस्तो नभएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभाको बैठकमा बोलेका आर्थिक विकाससँग सम्बन्धित तथ्यांक गलत दिए । सबैजसो संचारमाध्यम र सामाजिक संजालमा प्रधानमन्त्रीले गलत तथ्यांक सदनमा प्रस्तुत गरेको भन्दै आलोचना भएको थियो ।
तर,प्रधानमन्त्रीले चेम्बर अफ कमर्शको ६८ औ साधारणसभामा तथ्यांक सही भएको बताएका छन् ।
‘पिँजडामा भएको सुगाले बोल्नजस्तो गरेर मैले बोलेको छैन,सबै तथ्यमा आधारित छन्,’प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकमा विकास खर्च गर्न नसकेर सरकारी ढुकुटीमा पैसा थुप्रिएको विषयलाई ऋण लिन नपरेको भन्दै सफलताको रुपमा प्रस्तुत गरेका थिए ।
यस्तै बैदेशिक लगानी,मुद्रास्फिती,विकास खर्च,व्यापारघाटाको कुरा प्रधानमन्त्रीले बोलेको भन्दा फरक छ ।