आईएमई लाइफलाई अन्तराष्ट्रिय अवार्डद्वारा सम्मान


काठमाडौं । इन्डियन चेम्बर अफ कमर्सद्वारा बैंककमा आयोजित छैठौँ संस्करणको ‘इमर्जिङ एसिया अवार्ड’ आईएमई लाइफ इन्स्योरेन्सले तीन विधामा अवार्ड हात पार्न सफल भएको छ ।

कम्पनीले उत्कृष्ट ग्राहकमुखि सेवा, बीमा कभरेजमा उत्कृष्ट रणनीति मा संयुक्त अवार्ड र बीमा नेतृत्वमा महिला गरि तीन विधाको अवार्डमा जित्न सफल भएको हो ।

यस प्रतिष्ठित अवार्डमा स्वतन्त्र तथा विशिष्ट अन्तराष्ट्रिय निर्णायक मण्डलले निर्णय गरेको थियो । यो कार्यक्रमले आईएमई लाइफ इन्स्योरेन्सको ग्राहक–केंद्रित सेवाहरू, नवप्रवर्तनकारी रणनीतिहरू र सहभागितामुलक नेतृत्वको कदर गरेको छ ।

देशभित्र बीमा सचेतना फैलाउने, आधुनिक प्रविधिमैत्री सेवा प्रदान गर्ने तथा महिलाहरूलाई बीमा नेतृत्वमा सशक्त बनाउने कम्पनीको उद्देश्यलाई यस अवार्डले थप प्रोत्साहन गरेको छ ।

कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गरी आईएमई लाइफका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्का प्यानल डिस्कसनमा रुपमा सहभागी भएका थिए । उनले डिजिटल प्रविधि र एआई को उपयोगे र बीमा उद्योगका चुनौती र सकारात्मक पक्षहरूमाथि प्रकाश पारेका थिए ।

Skip This