वाणिज्य बैंकले उद्यम गर्न बिना धितो २.३३ प्रतिशत ब्याजदरमा ऋण दिने (भिडियाेसहित)



काठमाडौं । सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले उद्यम गर्न चाहने महिलाको लागि २.३३ प्रतिशतमा कर्जा दिने दिने भएको छ ।

५ वर्षको अवधीको लागि वाणिज्य बैंकले १० लाखसम्मको साधारण र १० लाखभन्दा बढीको विस्तृत परियोजना अध्ययनको आधारमा कर्जा दिने भएको हो । सरकारले ७ प्रकारका कर्जामा ५ प्रतिशत ब्याज अनुदान दिएको छ ।

जसमा महिला उद्यमशिलता कर्जा अधिकत्तम सम्म १५ लाख दिने वाणिज्य बैंकले जनाएको छ । वाणिज्य बैंकको आधार दर ६.३३ प्रतिशतमा २ प्रतिशत प्रिमियम जोडेर आउने प्रतिशतमा ६ प्रतिशत अनुदान कटाउदा महिला उद्यमीले अहिले २.३३ प्रतिशत ब्याजदरमा ऋण पाउने छन् ।

यसको लागि कर्जाको मागको निवेदन,परियोजना प्रस्ताव,फर्म दर्ताको प्रमाणपत्र,आन्तरिक राजस्व कार्यालयमा भएको दर्ता प्रमाणपत्रको प्रतिलिपी लगायतका कागजजात चाहिन्छ । यसको लागि वाणिज्य बैंकको शाखा कार्यालयमा सम्पर्क गर्नुपर्ने छ ।

वाणिज्य बैंकले महिला उद्यमशिलता बाहेकको कर्जा भने ३.३३ प्रतिशतमा दिने छ । ५ प्रतिशत सरकारले दिने अनुदान कटाउदा वाणिज्य बैंकले व्यवसायिक पशुपन्छी कर्जा,शिक्षित युवार स्वरोजगार कर्जा,वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा,दलित समुदाय व्यवसाय कर्जा,उच्च प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा र भूकम्प पीडित कर्जा उपलब्ध गराउने छ ।

वाणिज्य बैंकहरुमा सबैभन्दा कम आधार दर सरकारी लगानीको वाणिज्य बैंकको छ । त्यो हुँदा सरकारी अनुदान पाइने कर्जापनि वाणिज्य बैंकमा सस्तो पर्छ ।

वाणिज्य बैंकले व्यवसायिक कृषि पशुपालनको लागि ५ करोडसम्म,शिक्षत युवा स्वरोजगार ७ लाखसम्म,वैदेशिक रोजगारीमा फर्केलाई १० लाखसम्म,महिला उद्यमशिलता १५ लाख,दलित समुदायको १० लाखसम्मको कर्जा दिने छ । यस्तै उच्च व्यवसायिक शिक्षा ५ लाख,भूकम्प पीडितको घर निर्माणको लागि ३ लाखसम्म कर्जा दिने जनाएको छ ।

भिडियाे हेर्नुहाेस


क्लिकमान्डु