महिलाको आर्थिक शसक्तिकरण विना देश विकास असम्भवः पुर्व अर्थमन्त्री अधिकारी
काठमाडौं । पुर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले महिलाको आर्थिक शसक्तिकरण विना देश विकास सम्भब नभएको बताएका छनन ।
महिला चेम्बर प्रतिनिधीमण्डलसँगको भेटवार्तामा पुर्व अर्थमन्त्री अधिकारीले उक्त कुरा बताएका हुन । महिला चेम्बरकी संस्थापक अध्यक्ष तथा राजदुत डा. अन्जान शाक्य र महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको संयुक्त नेत्रीत्वमा रहेको प्रतिनिधीमण्डलले नेता अधिकारीसँग भेट गरेको हो । भेटका क्रममा पूर्व उपप्रधान तथा अर्थमन्त्री भरमोहन अधिकारीले महिला चेम्बरको कार्यभार सम्हाल्दै गर्दाको अवस्थामा राजदूत नियुक्त भएकामा डा. अन्जान शाक्य र महिला चेम्बरको अध्यक्ष भएकाृमा उर्मिला श्रेष्ठ एवं कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिदै महिलाको आर्थिक सशक्तिकरण बिना देशको बिकास असम्भव रहने बताएका हुन । नेता अधिकारीले आगामी दिनमा आउने बजेट महिला मैत्री हुनु पर्ने औल्याउदै त्यसले महिलाको आर्थिक सशक्तिकरणमा टेवा पुग्ने राय पेश गरेका थिए ।
त्यसैगरि महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ, उपाधय्क्षद्वय सुश्मा शर्मा एबम् अंबिका शर्मा र बरिस्ठ सल्लाहकार अन्जना ताम्राकारले महिलाको आर्थिक सशक्तिकरणको मुद्धा यस समयमा निकै सान्दर्भिक रहेको र यस प्रति अधिकारीले देखाउदै आएको चासोको प्रसंशा गरेका थिए ।