मुक्तिनाथ विकास बैंक र सन नेपाल लाइफ इन्स्योरेन्स बिच बैंकासुरेन्स सम्झौता



काठमाडौ । मुक्तिनाथ विकास बैंक र सन नेपाल लाइफ इन्स्योरेन्स बिच बंैकासुरेन्स सम्झौता भएको छ ।

उक्त सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोख्रेल र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले हस्ताक्षर गरेका छन ।

यस सम्झौता अन्र्तगत मुक्तिनाथ विकास बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् । त्यसै गरी उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु मुक्तिनाथ विकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।
साथै कम्पनीले निकट भविष्यमा आफ्नो चुक्ता पुँजी २ अर्व पु¥याउन ६० करोड मुल्यकोे आइपिओ शेयर सर्वसाधारणमा बिक्रीको लागि ल्याउँदै छ ।


पुष्प दुलाल