पुस ३० देखि पाँचथर पावरले ९ लाख कित्ता आइपिओ निष्काशन गर्ने
काठमाडौं । पाँचथर पावर कम्पनीले यही पुस ३० गतेदेखि कूल ९ लाख ६२ हजार ५०० कित्ता आइपिओ बिक्री गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र पाँचथर जिल्लाको फिदिम नगरपालिका, हिलिहाङ्ग र फालेलुङ्ग गाउँपालिकाका वासिन्दाको लागि शेयर बिक्री गर्न लागेको हो ।
कम्पनीले पाँचथर जिल्लाको हेवा खोलामा १४.९ मेगवाट क्षमताको आयोजना सञ्चालन गरको छ ।
कम्पनीले आज प्रकाशित गरेको आह्वानपत्रमा सो आयोजनाको प्रतिमेगावट लागत १७ करोड ५४ लाख रुपैयाँ रहेको जनाएको छ ।
केयर रेटिङ नेपालले गरेको रेटिङमा सो कम्पनीले ग्रेड–४ पाएको छ । त्यो भनेको वित्तीय अवस्था राम्रो छैन भन्ने हो ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले पाँचथर जिल्लामा रहेको कृषि विकास बैंक, सेञ्चुरी बैंक, गुडविल फाइनान्स र कम्पनीको आयोजना स्थलबाट आवेदन दिन पाउने बिक्री प्रवन्धक सानिमा क्यापिटलले जनाएको छ ।