देशभर चिसाे बढ्याे, मनाङमा १८ घण्टासम्म हिमपात



काठमाडाैः देशभर चिसो बढेपछि दैनिक जिवन कष्टकर बन्दै गएकाे छ । चिसाे बढेसँगै  मनाङमा हिमपात शुरु भएको छ ।

बिहीबार दिउँसदेखि हिउँ पर्न थालेको हो । जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङगाउँलगायत ठाउँमा बाक्लो हिउँ परेको छ ।  अन्य भूभागमा भने पातलो  हिउँ परेको छ । लामो समयसम्म आकाशमा  बादल लाग्नाका साथै तापक्रम पनि निकै घटेको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाका अनुसार  “बिहीबार बिहानदेखि त्यहाँकाे  मौसममा खराबी देखिन शुरू गरेकाे थियाे । हिमालको वरिपरि कालो बादल लागेको र हावाहुरी आउनुका साथै हिमपात भएर तापक्रम पनि माइनस २० डिग्री सेल्सियस पुगेको छ ।”

हिजो हिमपातले जनमानसमा कुनै असर  नगरे पनि चिसो भने बढेको छ । अहिले भने हिमपात रोकिएको छ । झन्डै १८ घण्टा निरन्तर हिमपात भएको थियो । जल तथा मौसमविद् बरुण गौडेलका अनुसार आज दिनभर मौसममा बदली हुने, साँझपख पुनः हिमपात हुनसक्ने र भोलिबाट मौसममा सुधार आउने सम्भाबना रहेकेा छ  ।


पुष्प दुलाल