सेञ्चुरी बैंक र सन नेपालबीच बैंकास्योरेन्स सम्झौता



काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ ।

सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सकिने छ ।

उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु