वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएपछि विकास बैंकले पनि घटाउने, बढीमा १० प्रतिशत मुद्दती निक्षेपमा ब्याज दिने



काठमाडौं । नेपाल बैकर्स संघले भद्र सहमति गरेसँगै विकास बैंकहरुले पनि निक्षेपमा भद्र सहमति गर्ने भएका छन् ।

अहिले विकास बैंकले दिएको ब्याजदर वाणिज्य बैंकको भन्दा कम छ । नबिल र हिमालयन बैंकले साढे १३ प्रतिशतसम्म मुद्दती निक्षेपमा ब्याजदर दिने निर्णय गरेका छन् । राष्ट्रिय स्तरका विकास बैंकहरुले अहिले बढीमा साढे १२ प्रतिशतसम्म ब्याजदर व्यक्तिगत तर्फको मुद्दती निक्षेपमा दिएका छन् ।

डेभलपमेन्ट बैकर्स एशोसियनका कार्यवहाक अध्यक्ष गोविन्द ढकालले विकास बैंकले पनि निक्षेपमा भद्र सहमति गर्ने जानकारी दिए ।

‘वाणिज्य बैंकको जस्तो ब्याजदर बृद्धिदर विकास बैंकले गरेका छैनन्,वाणिज्य बैंकले सिंगल डिजिटमा ब्याजदर राख्ने निर्णय गरेपछि हामीहरुले घटाउने छौ,’ढकालले क्लिकमाण्डूसँग भने ।

उनले विकास बैंकहरुले बढीमा व्यक्तिगत मुद्दती तर्फ १० प्रतिशत ब्याजदर दिने जानकारी दिए । साढे १२ प्रतिशत ब्याजदरमा मुद्दती निक्षेप लिएर विकास बैंकपनि संचालन हुन नसक्ने भएको हुँदा ब्याजदर घटाउने निर्णय हुन्छ ।


क्लिकमान्डु