रौतहट चन्द्रपुरको नवविकास सहकारीले पायो प्रोबेशन ब्राण्ड, २ नम्बर प्रदेशमा पहिलो



काठमाण्डौ । रौतटको चन्द्रपुर नगरपालिका ४ मा रहेको नव विकास बचत तथा ऋण सहकरी संस्थाले पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेशन)को ब्राण्ड हासिल गरेको छ ।

नेपाल सरकार सहकारी विभाग समेतको सहकार्यमा संचालित पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेशन)को अन्तिम परीक्षणमा नवविकास उत्तीर्ण हुन सफल भएको हो ।

संस्थाले बिहिबार काठमाण्डौमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड(नेफ्स्कून)को साधारण सभामा प्रोबेशनको ब्राण्ड प्राप्त गरेको हो ।

भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री पद्मा अर्याल र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड(नेफ्स्कून)का अध्यक्ष डिबि बस्नेतले प्रोबेशन ब्राण्डको प्रमाणपत्र प्रदान संस्थाका अध्यक्ष देवबहादुर सापकोटालाई प्रदान गर्नु भएको हो ।

नवविकास प्रोबेशन ब्राण्ड हासिल गर्ने दुई नम्बर प्रदेश कै पहिलो सहकारी संस्था बन्नपनि सफल भएको छ ।

संस्थाले यो उपलब्धि हासिल गर्नुमा सम्पूर्ण शेयर सदस्यहरु, सल्लाहकार, बिभिन्न उप–समिति,कर्मचारी तथा संचालक समितिको योगदान रहेको संस्थाका अध्यक्ष सापकोटाले बताए ।

नवविकासले यसैबर्ष प्रदेश नम्बर २ को उत्कृष्ट सहकारी सम्मान समेत हासिल गरेको थियो ।

 


क्लिकमान्डु