आरएसडिसी लघुवित्त वित्तीय संस्थाको साधारण सभा पुस २९ गते



काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले पुस २९ गते पाँचौ वार्षिक साधारण सभा गर्ने जनाएको छ ।

बुटवलमा गरिने साधारण सभाको लागि कम्पनीले साधारण सभाको लागि पुस १५ गतेदेखि २९ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) गर्न लागेको छ ।

यसअनुसार पुस १२ गते बिहीबारसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा सहभागि हुन पाउने कम्पनीले जनाएश्को छ ।

कम्पनीले पाँचौ वार्षिक साधारण सभाले शेयरधनीहरुको लागि १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्ताव पारित जनाएको छ ।

संस्थापक तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक र एक जना स्वन्तत्र सञ्चालकको निर्वाचन समेत गर्ने एजेण्डा समेत रहेको कम्पनीले जनाएको छ ।

 


क्लिकमान्डु