निक्षेपको ब्याजदरमा पुनः भद्र सहमति हुने, बैंकर्स संघको बैठकबाट निर्णय हुँदै



काठमाडौं । नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदरमा पुनः भद्र सहमति गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकमा बैठकपछि अहिले बैंकर्स संघको बैठक बसिरहेको छ । संघको बैठकले ब्याजदरमा भद्र सहमति गर्ने निर्णय गर्ने छ ।

यसअघि राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले बैंकरलाई बोलाएर ब्याजदरको दौडमा नलाग्न सुझाव दिएका थिए ।

संघले भद्र सहमति गर्ने निष्कर्ष राष्ट्र बैंकको बैठकमा निस्केको छ ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बैंकहरुलाई ब्याजदरको प्रतिस्पर्धा नगर्न सुझाव दिएको बताए । उनले कार्यदले दिएको सुझावको आधारमा बैंकलाई चल्नको लागि निर्देशन तथा जानकारी गराएको बताए ।


क्लिकमान्डु