प्रभु लाइफले ल्यायो ‘श्रीवृद्घि जीवन बीमा योजना’, केही समयभित्रै आइपीओ जारी गर्ने



काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो नयाँ जीवन बीमा योजना ‘श्रीवृद्घि जीवन बीमा योजना’ सार्वजनिक गरेको छ ।

राजधानीको एक होटलमा सम्पन्न उक्त कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष डा. आत्माराम घिमिरेबाट उक्त जीवन बीमा योजना सार्वजनिक गरिएको हो ।

कार्यक्रयमा डा.घिमिरेले प्रभु लाइफले यसैगरी जनमानसबीच उत्कृष्ट जीवन बीमा योजनाहरु ल्याउँदै जाने कुरा बताए ।

कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछाने लगायत कम्पनीका व्यवस्थापन समूहका सदस्यहरु त्था विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा निमित्त प्रमुख कार्यकारी अधिकृत लामिछानेले यो जीवन बीमा अत्यन्तै प्रभावकारी हुने जानकारी दिए ।

ग्राहकहरुलाई जीवन वीमाबाट धेरै नै लाभ हुने कुरामा दुईमत नरहेको र कम्पनीको उत्कृष्ट जीवन बीमा योजनामा श्रीबृद्धि जीवन वीमा योजना रहेको जानकारी गराए ।

उनले हाल बिभिन्न ४० शाखा तथा उपशाखा कार्यालयहरुबाट जीवन बीमा सेवाहरु उपलब्ध रहेको र आगामी दिनहरुमा कम्पनीले देशका सबै जिल्लाहरुमा आफ्नो संजाल क्रमशः बिस्तार गर्दै लैजाने लक्ष्य रहेको जानकारी दिए ।

श्रीवृद्घि जीवन बीमा योजना अन्तर्गत बीमा रकममा प्रत्येक वर्ष ५%का दरले वृद्घि हुँदै जानेछ तर बीमा शुल्क (प्रिमियम) भने जीवन बीमा अवधि भरि नै एकैनास हुनेछ ।

दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले केही समयभित्रै साठ्ठी करोड रुपैयाँ बराबरको साधारण शेयर(आइपीओ) जारी गर्ने जनाएको छ ।


क्लिकमान्डु