अर्थमन्त्री खतिवडा भन्छन्ः लेखापरिक्षण भावनामा गर्नु भएन



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले लेखापरिक्षण भावनामा गर्न नहुँने बताएका छन् ।

अर्थसमितिको बैठकमा लेखापरिक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको विषयमा बोल्दै अर्थमन्त्री खतिवडाले भावनामा लेखापरिक्षण गर्दा समस्या निम्तेको बताए ।

‘विगतमा कतिपय अवस्थामा भावना गरिएका लेखापरिक्षणले समस्या निम्तेका छन्,लेखापरिक्षण गर्ने कर्मचारीले व्यवहारिक रुपमा काम गर्नुपर्यो,’उनले भने ।

महालेखापरीक्षक टंकमणी शर्माले लेखापरिक्षण गर्ने कर्मचारीले स्वतन्त्र ढंगले काम गर्ने गरेर विधेयक आउनुपर्ने बताए । उनले स्थानीय तह र प्रदेश लेखापरिक्षणलाई व्यवहारिक रुपमा सहज बनाउने वातावरण विधेयकले खेल्ने बताए ।


क्लिकमान्डु