महालक्ष्मी बैंकबाट अजोड इन्स्योरेन्सका सम्पूर्ण सेवा पाइने



काठमाण्डौ । अजोड इन्स्योरेन्स लि. र महालक्ष्मी बिकास बैंक लि. बीच सहकार्य गर्दै बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।

यही पुस २ गते एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कायर्कारी अधिकृत कुमारवहादुर खत्री र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिसंगै बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्स लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने अजोड इन्स्योरेन्स कम्पनीले जनाएको छ ।


क्लिकमान्डु