एनसीसी बैंकबाट सिटिजन लाइफको बीमा पोलिसी बिक्री गरिने



काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. (एनसीसी बैंक) र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि.बीच बीमा पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको छ ।

मंसिर २६ गते गरिएको सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि.को पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि.का तर्फवाट प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु