सिर्जना फाइनान्सले २४.५ प्रतिशत लाभांस दिने



काठमाडौं । सिर्जना फाइनान्सले सेयरधनीलाई २४.५ प्रतिशत लाभांस दिने प्रस्ताब गरेको छ ।

कात्तिक १९ गते बसेको कम्पनीको सञ्चालक समितिको १९३औं बैठकले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनश सेयर र ९.५ प्रतिशत नगद लाभांस दिने प्रस्ताब गरेको हो ।

नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको साधारणसभाले स्वीकृति दिएपछि मात्रै सञ्चालक समितिले प्रस्ताब गरेको उक्त लाभांस सेयरधनीले पाउने छन् ।


पुष्प दुलाल