नेकपाको बैठक अब दशैँपछि, शीर्ष नेतृत्वको व्यस्तताले बैठक सर्यो
काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टीको असोज २७ गते बस्ने भनिएको सचिवालय बैठक आगामी कात्तिक ४ र ५ गतेका लागि सरेको छ ।
पछिल्लो पटक असोज २४ गते बस्ने भनिएको सचिवालय बैठक नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण २७ गतेका लागि सरेको थियो । तर दशैँका कारण बैठक नबस्ने भएको नेकपा स्रोतले बताएको छ ।
नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डले हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेर बैठक सार्ने सहमति गरेको बालुवाटार स्रोतले जनाएको छ । यसैबीच कात्तिक १२ र १३ गते स्थायी समिति बैठक बस्ने तय भएको बुझिएको छ ।