सिटी एक्सप्रेस र सिगे मनी ट्रान्सफरबीच सम्झौता, रेमिटेन्स सेवा शुरु



काठमाण्डौ । अमेरिकाको १५ सयभन्दा बढी एजेन्ट (आउटलेट) र बिश्व भरी १३० भन्दा बढी देशहरुमा आफ्नै छुट्टै सञ्जाल भएको सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनीे ट्रान्सफरबीच रेमिटेन्स सेवा सुरु भएको छ ।

यो सेवा सुरु भएपछि अमेरिकामा रहेको कुनैपनि नेपालीहरुले जुनसुकै स्टेटबाट सिगे मनी ट्रान्सफर मार्फत नेपालको कुनैपनि बैंक खातामा रकम जम्मा गर्न वा नगद पैसा पठाउन सकिने सिगे मनी ट्रान्सफरका चिफ अपरेटिङ अफिसर जोसेफ क्याचेले जानकारी दिए ।

यो सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले र सिगे मनी ट्रान्सफरबाट चिफ अपरेटिङ अफिसर जोसेफ क्याचेले हस्ताक्षर गरेका हुन् ।
सिगेका चिफ अपरेटिङ अफिसर जोसेफ क्याचेले सिटी एक्सप्रेससँग रेमिटान्स सम्झौता भएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनहरुमा पनि सिटी एक्सप्रेससँग नयाँ प्रविधिमार्फत सहकार्य गर्दै जाने बताए ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छट्टै पहिचान बनाउदै बिगत १२ बर्ष देखि विदेशबाट पठाएको रकम आफ्ना ६ हजारभन्दा बढी नेपालका एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु