अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना, एक जना महिला यात्रु जिवितै




काठमाडौं । काठमाडौंबाट मनास्लु बेसक्याम्पको सामागाउँको लागि उडेको अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटननामा परेको पुष्टी भएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल स्रोतका अनुसार सो हेलिकोप्टर पालटसहित ६ जना यात्रु सवार थिए । त्यसमध्ये एक जना महिला यात्रु जिवितै रहेको पुष्टी भएपनि पालइट सहित अन्य यात्रुको अबस्था अझै यकिन हुन सकेको छैन ।

सो हेलिकोप्टर नुवाकोट जिल्लाको वेत्रावतिमा दुर्घटनाग्रस्त अबस्थामा फेला परेको स्रोतको दाबी छ ।

हेलिकोप्टरमा क्याप्टेन निश्चल केसी सहित ६ जना यात्रु रहेका थिए । अन्य यात्रुको पहिचान अझै खुलिसकेको छैन ।

अल्टिच्युट एयरको ९ एन अल्फा लिमा सेरा कल साइनको हेलिकोप्टर दुर्घटनामा परेको हो ।


क्लिकमान्डु