कालिमाटी बजारका ६ व्यवसायी हटाइए



काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले रातो सूचिमा परेका ६ जना व्यवसायीलाई हटाएको छ ।

मंगलबार बसेको बोर्ड बैठकले सोधेको स्पष्टिकरण नबुझाउने ६ जनालाई हटाउने निर्णय गरेको हो ।

खुद्रा व्यवसायी मोहम्मद जुनैद, इसराफिल कवारी, पुरुषोत्तम राई, पार्वती श्रेष्ठ, रामबहादुर खड्का र बिष्णुकुमार बस्नेतलाई हटाइएको हो ।

रातो सूचिमा परेका बाँकी ९२ जना व्यवसायीले बुझाएको स्पष्टिकरणमा अध्ययन गर्न ५ सदस्सीय कार्यदल बनेको छ ।

कार्यदलले भदौ २३ गते प्रतिवेदन बुझाउने छ र २४ गते बोर्ड बैठक बसेर उनीहरुको बारेमा निर्णय हुनेछ ।

कार्यदलमा कृषि मन्त्रालय, किसान आयोग, व्यवशायी, किसान र समितिका तर्फबाट एक एक जना प्रतिनिधि सहभागि हुने छन् ।


क्लिकमान्डु