बैंक ठगेर ३ वर्षदेखि फरार रहेका केसी पुलिसको फन्दामा



काठमाडौं । करिब तीन वर्षदेखि बैंकिङ कसुरमा फरार रहेका ५० वर्षीय बनेपा नगरपालिका-११ निवासी प्रकाश केसीलाई प्रहरीले बनेपाबाट पक्राउ गरेको छ ।

तत्कालीन पुनरावेदन अदालत पाटनले उनलाई ०७१ साल वैशाख २९ गते कैदसहित जरिवानाको फैसला सुनाइएको थियो ।

अदालतले केसीलाई ३ वर्ष कैद र ५ करोड २५ लाख जरिवानाको फैसला सुनाएको थियो ।
अदालतको फैसलापछि फरार रहेका केसीलाई शनिबार पक्राउ गरी कार्यान्वयनका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोकलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए ।


पुष्प दुलाल