बाजेको सेकुवा खोल्न सर्बोच्च अदालतको अन्तरिम आदेश



काठमाडौं । सुन तस्करीको आरोपमा सरकारले बन्द गराएको चेन रेष्टुरेन्ट बाजेको सेकुवा तत्काल खोल्न सर्बोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

बाजेको सेकुवाका प्रमुख लगानीकर्ता चेतन भण्डारी सुन तस्करीमा संलग्न रहेको भन्दै सरकारी छानबिन समितिले भण्डारीको लगानी रहेको बाजेको सेकुवाको शाखाहरु बन्द गराएको थियो । फ्रेन्चचाइज लिएर चलेका शाखाहरुलाई पनि बाजेको सेकुवाको ब्राण्डमा रेष्टुरेन्ट खोल्न बन्द गरेको थियो ।

सर्बोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले तत्कालै बन्द रहेका बाजेको सेकुवाको शाखा खोल्न अन्तरिम आदेश दिएको हो ।

ब्राण्ड बन्द गरिएको र सरकारी शिलबन्दीलाई चुनौती दिदै बाजेको सेकुवाका लगानीकर्ता चेतनकी श्रीमती नितिमा भण्डारीले सर्बोच्चमा रिट दायर गरेकी थिइन् ।

पेशा र व्यवसाय रोक्न सरकारले नमिल्ने भन्दै सर्बोच्चले तत्काल शाखा खोल्न अन्तरिम आदेश दिएको थियो ।

सरकारले लगानीकर्ता सुन तस्करीको आरोपमा संलग्न रहेको भन्दै बाजेको सेकुवा बन्द गर्दा यसमा काम गर्ने कर्मचारी तथा कामदारको बिचल्ली भएको थियो ।


क्लिकमान्डु