यी हुन् गतवर्ष नेप्सेमा बढी कारोबार हुने १० कम्पनी



काठमाडौं । गत आर्थिक वर्षमा नेपाल स्टक एक्सचेन्जमा २ खर्ब ४२ अर्ब रुपैयाँको सेयर किनबेच भएको थियो ।

आर्थिक वर्ष २०७३/७४ को भन्दा आर्थिक वर्ष २०७४/७५ मा कारोबार रकम घटेको थियो ।

सूचिकृत कम्पनीमा गत आर्थिक वर्षमा बढी कारोबार हुने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । नेप्सेका अनुसार गत आर्थिक वर्षमा नेपाल लाइफ इन्स्योरेन्सको ४ अर्ब ७५ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

यस्तै दोस्रोमा स्टाण्डर्ड चाटर्ड बैंक ३ अर्ब ९९ करोड रुपैयाँ रहेको छ ।

बढी कारोबार भएका १० कम्पनीको २८ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ ।
यस्तै तेस्रो स्थानमा २ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएर नेपाल बैंक रहेको छ । चौथो स्थानमा नेपाल इन्भेष्टमेन्ट बैंक २ अर्ब ८१ करोड रुपैयाँ तथा पाँचौ स्थानमा एभरेष्ट बैंक २ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।

छैटौ स्थानमा नबिल बैंक २ अर्ब ५९ करोड,सातौमा सानिमा बैंक २ अर्ब २५ करोड,आठौंमा नेपाल दुरसंचार कम्पनी २ अर्ब २४ रहेका छन् । नवौमा राष्ट्रिय बीमा क्म्पनी २ अर्ब १६ करोड तथा १० औ स्थानमा चिलिमे हाइड्रो पावर कम्पनी २ अर्ब १६ करोड रहेका छन् ।


क्लिकमान्डु