बिक्री नभएपछि नेपाल बैंकको एफपिओ संस्थापक,संचालक,सिइओ र उच्च व्यवस्थापकलाई खुल्यो
काठमाडौं । नेपाल बैंकले जारी गरेको थप सार्वजनिक निष्कासन(एफपिओ) बिक्री नभएपछि संस्थापक,संचालक सिइओ तथा उच्च व्यवस्थापकको लागि खुल्ला भएको छ ।
निष्कासन तथा बिक्री प्रवन्धक सिदार्थ क्यापिटलले तीन दिनको लागि एफपिओ बिक्री खुल्ला गरेको हो । ४ अर्ब ९५ करोडको एफपिओमा करिब २ अर्ब ७० करोडको आवेदन परेको थियो ।
अब बैंकका संस्थापक,संचालक तथा उच्च व्यवस्थापकबाट आवेदन भएपछि बिक्री नभएर बाँकी भएको एफपिओ अन्डरराइट कम्पनीले किन्नुपर्ने छ ।