सिटिजन्स बैंकको एफपिओ आजदेखि, जसको एफपिओ बिक्रीमा समस्या छैन
काठमाडौं । सिटिजन्स बैंकले आजदेखि थप सार्वजनिक निष्कासन९एफपिओ० जारी गर्दै छ । अंकित मुल्य एक सय रुपैयाँमा एक सय रुपैयाँ थपेर प्रतिकित्ता २ सयको दरले एफपिओ बिक्री गर्न लागेको हो ।
बैंकले ४ लाख ६३ हजार ८२६ कित्ता एफपिओ निष्कासन गर्न लागेको हो । थोरै रकमको एफपिओ भएको हुँदा सिटिजन्सको एफपिओ बिक्रीमा समस्या हुने छैन ।
बैंकले साउन १५ देखि छिटोमा साउन १८ गतेसम्म र ढिलोमा भदौ १४ सम्म एफपिओ बिक्री खुल्ला गरेको छ ।
बैंकको एफपिओ साउन १८ सम्ममै बिक्री देखिन्छ ।
लगानीकर्ताले न्यूनतम ५० कित्ता अर्थात १० हजार रुपैयाँदेखि २३ सय कित्ता ४ लाख ६० हजार रुपैयाँसम्म आवेदन गर्न सक्नेछन् ।
बैंकले संस्थापक र साधारण सेयर अनुपात ५१ः४९ कायम गर्न बैंकले एफपिओ निष्कासन गर्न लागेको हो ।
हाल बैंकमा संस्थापकको ५१.२९ प्रतिशत तथा साधारण सेयरको ४८.७१ प्रतिशत सेयर अनुपात रहेको छ ।
बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
एफपिओ पछि बैंकको चुक्तापूँजीमा ४ करोड ६३ लाख रुपैयाँ थपिनेछ भने त्यति नै रकम जगेडा कोषमा जम्मा हुनेछ । एफपिओ पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ७ करोड रुपैयाँ पुग्नेछ।
बैंकको सेयर देस्रो बजारमा प्रतिकित्ता २२९ मा कारोबार भएको छ ।