हुण्डाईले ल्याएको छ हुण्डाई परिवार योजना
नेपालको लागि हुण्डाई गाडिको एकमात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ९ फरवरी २००९ देखि हुण्डाई गाडिको आयात र बिक्रि तथा बिक्रि पछिको सम्पुर्ण सेवाहरु उत्कृष्ट रुपमा प्रदान गर्दै आएको छ ।
हुण्डाईको उत्कृष्ट सेवाको निरन्तर यात्रामा, देशको चार पाङग्रे गाडिको विधामा उत्कृष्ट ब्राण्ड बन्न सफल भएको छ । हुण्डाईका अनुभवी तथा दक्ष टिमहरु, ग्राहकहरुको आवश्यत्ता पुरा गर्न तयार रहेका छन् ।
हुण्डाईको निरन्तर यात्रामा साथ दिदै आइराख्नु भएका ग्राहकहरुको जिवनमा थप खुशी पू¥याउनको लागि हुण्डाईले ग्राहकहरुको जिवनसँग जोडिएको विभिन्न सेक्टरहरुको कम्पनिसँग सम्झौता कायम गरेको छ ।
यो सम्झौताबाट हुण्डाई परिवारको ग्राहकहरुले विभिन्न आउटलेटहरुबाट धेरै किसिमको फाइदाहरुको लाभ लिन सक्नेछन् । हुण्डाई परिवारको ग्राहकहरुले आफनो हुण्डाई परिवार प्रिभिलेज कार्डको प्रयोग गरी यी फाइदाहरुको लाभ लिन सक्नेछन् ।
यो योजनाबाट हुण्डाई परिवार ग्राहकहरुको जिवनमा संलग्न हुन पाउदा अत्यन्तै खुशी छन् , जसले गर्दा हुण्डाई परिवार ग्राहकहरुको जीवनमा थप खुशी पू¥याउनको लागि तत्पर तयार रहेका छन् ।