सेयर बजारको लेख लेखेका अर्थका उपसचिव भट्टराईलाई कारवाही गर्न परेको उजुरीमा यस्तो आयो जवाफ



काठमाडौं । सेयर बजारको बारेमा नकारात्मक लेख लेखेको भन्दै अर्थमन्त्रालयका उपसविच आनन्दमोहन भट्टराईलाई कारवाही गर्न परेको उजुरीको जवाफ आएको छ ।

लगानीकर्ताले भट्टराईलाई कारवाही गर्न हेल्लो सरकार मार्फत उजुरी दिएका थिए ।
हेल्लो सरकारको ट्वीटर एकाउन्टमा अर्थमन्त्रालयबाट आएको पत्रको जवाफ सार्वजनिक गरेको छ ।

जसमा जनगुनासोलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पठाइएको र यसको जानकारी भट्टराईलाई दिएको उल्लेख छ ।


क्लिकमान्डु